काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।
स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ
कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनु भन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोही अनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।
यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आवश्वासन देउवाले आयोगलाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह उपनिर्वाचन : आजदेखि दल दर्ता सुरु
संवैधानिक इजलासमा निर्वाचन आयोगविरुद्धका १४ मुद्दाको पेसी
स्थानीय तहमा ३४ पद रिक्त, उपनिर्वाचनको लागि नाम दर्ता गर्न आयोगको आह्वान
उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
निर्वाचन आयुक्तमा सिफारिस प्रधानद्वारा कार्ययोजना पेस (पूर्णपाठ)
निर्वाचन आयोगले माग्यो रणनीतिक योजनामा सुझाव