नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ ।
सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो ।
भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २३९ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.४९ प्रतिशत मात्रै हो ।त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८.१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ कार्तिक २०७८, १४ : ५४
लेखकबाट थप