फिदिम बस दुर्घटना अपडेट : ४० बढी घाइते, १६ को अवस्था गम्भीर

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १३ : ३२
फिदिम बस दुर्घटना अपडेट : ४० बढी घाइते, १६ को अवस्था गम्भीर

काठमाडौं । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ४० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार तमोर करिडोर हुँदै फिदिम-दमक चल्ने को १ ख ३८६५ नम्वरको दुर्घटनामा परेको हो । बस फिदिम नगरपालिका – ४ सरखण्डेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भइ दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते मध्ये २४ जनालाई पाँचथर अस्पताल र वाँकीलाई पाथिभरा र समर्पित अस्पतालमा उपचारका पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बसमा ६० भन्दा बढी यात्रुहरु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस