रियाल मड्रिडद्वारा बार्सिलोना पराजित

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, ११ : २४
रियाल मड्रिडद्वारा बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस लिग फटबलमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । दुई चर्चीत क्लबहरुबिचको सिजनको पहिलो ‘एल क्लासिको’ खेलमा रियाल मड्रिडले बाजी मारेको हो ।

बार्सिलोनाको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे । घरेलु टोली बार्साका सर्जियो अग्युरोले एक गोल फर्काए ।

जितसँगै रियाल मड्रिडले ९ खेलबाट २० अंक जोडेको छ । एक खेल बढी खेलेको रियाल सोसिडाड २१ अंकसहित शिर्ष स्थानमा रहेको छ । ९ खेलबाट १५ अंक जोडेको बार्सिलोना भने तालिकाको नवौं स्थानमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस