राकुटेन भाइबरले यो वर्षको वल्र्ड कप सिजनमा क्रिकेट फिभरलाई नयाँ उच्चाइमा पुर्याउँदै

सफल खबर संवाददाता

शनिबार, ०६ कार्तिक २०७८, ११ : ३८
राकुटेन भाइबरले यो वर्षको वल्र्ड कप सिजनमा क्रिकेट फिभरलाई नयाँ उच्चाइमा पुर्याउँदै

काठमाडौं । यो वर्षको टी–२० वर्लड कप सिजनभरि राकुटेन भाइबरले कुराकानीको आफ्नो लोकप्रिय प्लेटफर्र्ममा विशेष सुविधा र गतिविधिहरूसँगै ल्याएको छ । भाइबरमा यो वल्र्ड कप सिजनभरि आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया गर्नका लागि धेरै क्रिकेटरहरूले व्यक्तिगत भाइबर ‘कम्यूनिटी’ पनि चलाउनेछन् । साथै यस सिजनभरिका लागि संचार माध्यममा विश्वकै अग्र स्थानमा रहेको भाइबरले आफ्ना प्रयोगकर्ताका लागि ‘लोकल’ वल्र्ड कप क्रिकेट स्टीकर्स ए आर पावर्ड क्रिकेट थिम भाइबर लेन्सहरूका साथै,अरू धेरै रोमाञ्चक अफरहरू होष्ट गरेको छ । यतिले पनि उत्सवमय नभएजस्तो भएमा, यसपालीको वल्र्ड कपमा क्रिकेट प्रेमीहरू आकर्षक पुरस्कार र आफ्ना मनपर्ने खेलाडीसँग अन्तरक्रिया गर्ने मौका पनि मिल्नेछ ।

“वल्र्ड कप क्रिकेट उत्साहसाथ मनाउन र क्रिकेट प्रेमीहरूलाई वल्र्ड कप भरि बेजोड र अतुलनीय अनुभव दिन हामी उत्साहित छौं । त्यसैले हामी धेरैभन्दा धेरै सुविधासहित हाम्रो बिलकुलै नयाँ ए आर पावर्ड भाइबर लेन्सहरू, भाइबर कम्युनिटी मार्फत क्रिकेटरहरूसँग रियल–टाइम अन्तक्रिया, च्याटबटका सक्रिय प्रयोगकर्तालाई पुरस्कार, र अन्य धेरै कुराहरू समावेश गरेका छौँ ।” राकुटेन भाइबरको वरिष्ठ डाइरेक्टर, डेभिड चेले भने ।

क्रिकेट दक्षिण एसियामा निकै चासो र रुचाइएको खेल हो, र क्रिकेट प्रेमीका लागि आफ्ना उत्साह जागृत पार्न र क्रिकेट उल्लासलाई नयाँ उचाईमा लैजान मद्धत पु¥याउने रोचक विशेषता हो भाइबरको “बट” ।

च्याटबटले सब्स्क्राइबरहरूलाई खेलको विजयी अनुमान लगाउने मौका पनि दिनेछ, र आफ्नो “क्रिकेट टल्क कम्युनिटि” नामक समर्पित कम्युनिटिमा प्रवेश सुलभता दिनेछ जहाँ क्रिकेट प्रेमीहरूले स्कोर अपडेटहरू जान्न, प्रशस्त मिमहरु तथा अन्य विशेषताहरूको मजा लिन पाउँनेछन् । वल्र्ड कप क्रिकेट बटको साथमा भाइबरले यो वर्ष “क्रिकेट टल्क कम्युनिटि” लाई एक कदमअघि लगेको छ जहाँ क्रिकेट प्रेमीहरूले क्रिकेटको नतिजा अनुमान गर्ने मौका पाउनेछन् र मोबाइल फोन, ल्यापटप, स्पिकर, हेडफोन, भाइबर कुपन, लोकप्रिय स्टीकर प्याक र अन्य आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

त्यसैगरि, यस लोकप्रिय मेसेजिङ प्लेटफर्मले कुराकानीलाई थप जीवन्त बनाउने कस्टम स्टीकर प्याक पनि रिलिज गरेको छ, जुन क्रिकेट प्रेमीहरूले यो सिजनभरि आफ्नो समर्थन जनाउन र उत्साह अभिव्यक्त गर्न प्रयोग गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरू यस मनोरञ्जनमा जोडिएर सिजनको अन्त्यसम्म मजा लिन सक्नेछन् । जोडिनका लागि क्रिकेट प्रेमीहरू भाइबरमा “वल्र्ड क्रिकेट बट”  खोज्न सक्नेछन् ।लोकप्रिय क्रिकेटर मसरफ बिन मोर्तजा, तमिल इकवाल, तस्किन अहमद, जहानारा आलम प्रति समर्पित चार भाइबर कम्युनिटि रहेका छन् । सबै अपडेट, बिटिएस कन्टेण्ट, र उल्लेखित क्रिकेटरहरूको अनुभब सो कम्युनिटिमा उपलब्ध हुनेछन् ।

सबै इभेण्टको बेला प्रयोगकर्ताहरूलाई संलग्न र मनोरञ्जन गराउन सक्ने सुविधाहरूका लागि भाइबर सधैँ लोकप्रिय रहेको कुरा विदितै छ । त्यसकारण, विशेषतः विश्वकप क्रिकेटका लागि रिलिज भएको कस्टम “ Augmented Reality” सँगै भाइबरले यो वर्षको क्रिकेट क्रेजलाई नयाँ उचाईमा लगेको कुरालाई लिएर आश्चार्य मान्नुपर्ने केही छैन । भाइबरको अन्य रोमाञ्चक लेन्सहरू जस्तै डिजिटल फेस पेन्टिङ्ग र कस्टम क्रिकेट जर्सी लगाएर प्रयोगकर्ताहरू आफ्नो फोनमा स्टेडियममा रहेको अनुभूती गर्दै आफ्नो टिमलाई खष्चतगबििथ समर्थन गर्न सक्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस