धनगढी । बाढी पहिरोबाट आहत सुदूरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमा राहत दिन सरकारलाई आग्रह गरेका छन् ।
पीडितको दुःख बुझ्न आएको बताउँदै पौडेलले प्याकेजमै राहत बाँढ्नुपर्ने भन्दै सरकारलाई आफुले यस विषयमा घचघच्याउने बताएका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरवाट भ्रमण गरेर फर्किएका थिए ।
साथै, पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझैपनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ कार्तिक २०७८, ११ : ४५
लेखकबाट थप