चितवन । चितवन जिल्लामा नेकपा एसको वडा कमिटी निर्माण धमाधम भइरहेको छ । यसैबीच नेकपा एस चितवनका प्रवक्ता विष्णुराज महतोले ३८ वडामा वडास्तरीय कमिटी गठन भैसकेको र बाँकी ६० वडामा एक महिनाभित्र गठन गरिने बताए । आज भरतपुर महानगरको २१ नम्वर वडामा वडास्तरीय कमिटी बनाइएको छ ।
बलराम सापकोटाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको हो । उपाध्यक्षमा मंगल तामाङ, सुकबहादुर गुरुङ, सचिवमा कृष्णप्रसाद गौतम, सहसचिवमा कोपिला उपरकोटी, हरिशचन्द्र पन्त चयन भएका छन् ।
केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, चितवन इन्चार्ज कृष्णप्रसाद खनाल, केन्द्रीय सदस्य सूर्य शर्माले कमिटीका पदाधिकारीलाई सपथ गराए । नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेसँगै नेकपा एसले कमिटी निर्माणमा गति बढाएको हो । चितवनका सात स्थानीय तहमध्ये ६ स्थानीय तहमा एकीकृत समाजवादीको नगर कमिटी बनाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, १८ : ४९
लेखकबाट थप