जयनगर–जनकपुर रेलमार्ग नेपाललाई हस्तान्तरण

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १८ : ०५
जयनगर–जनकपुर रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । भारतले सीमापार जयनगर कुर्था जनकपुरको विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । भारतले सन् २०१४ बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो ।

नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री रेनुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे ।

३४ किलोमिटरको जनकपुर जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस