कस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : ३७
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भएको छ । 

यस्तै दिउँसो  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस