काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ ।
फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ।
गत मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ कार्तिक २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टा डाउन
फेसबुक, इन्स्टाग्राम किन आयो समस्या ?
फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान