आगामी मन्त्रिपरिषद् बैठकबाट प्रहरीको रासन भत्ता बढ्ने

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १४ : ३७
आगामी मन्त्रिपरिषद् बैठकबाट प्रहरीको रासन भत्ता बढ्ने

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो ।

आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरेका छन । उनले आज मन्त्रिपरिषद्मा लैजाने फाइल स्वीकृत गरेका हुन ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको हुन्छ । त्यसैका आधारमा उनीहरूले रासन भत्ता पाउँदै आएका छन् ।
 

प्रतिक्रिया दिनुहोस