एजेन्सी । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले बिहीबार अनन्या पाण्डेको घरमा छापा मारेको छ।
एनसीबीले अनन्यालाई आज दिउँसो २ बजे सोधपुछको लागी बोलाएको छ। पहिलेशाहरुखको घरमा भन्दा एनसीबी टोलीले अनन्याको घरमा छापा मारेको हो । अनन्याको घर मुम्बईको बान्द्रामा छ। अनन्या पाण्डे बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन्।
बुधवार उनका बुबा र अभिनेता शाहरुख खान मुम्बईको आर्थर रोड जेलमा आर्यन खानलाई भेट्न पुगेका थिए । आर्यन जो ड्रग्सको मामलामा याचिका खारेज भएपछि जेलमा छन्। बुबा र छोराबीच लगभग १५ मिनेट कुराकानी भएको थियो ।
रिपोर्टका अनुसार एनसीबीले क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसंग अनन्याले कुराकानी प्राप्त गरेको छ। एनसीबीले यो प्रमाणको रुपमा अदालत समक्ष पेश गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ कार्तिक २०७८, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराध नियन्त्रण गर्न एनसीबी र राहदानी विभागबीच समझदारी