सेन्टर कलेजलाई टाईटल नाम दिने गरि २८ बिगाहा र कलेज बिच सम्झौता

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १७ : ५६
सेन्टर कलेजलाई टाईटल नाम दिने गरि २८ बिगाहा र कलेज बिच सम्झौता

चितवन ।  उच्च शिक्षाको लागी जापानको काम गर्दै आएको सेन्टर कलेज र कावासोतिमा रहेको २८ बिगाहा युवा क्लवबिच सम्झौता भएको छ । काठमाण्डौ– ३२, पुतली सडक मुख्य कार्यालय र मुख्य शाखा भरतपुर महानगरपालिका–३, सहिद चोक, (प्रेश मार्ग) शाखा कावासोतीमा रहेको सेन्टर कलेजलाई टाईटल नाम लिने ÷दिने गरि सम्झौता गरीएको २८ बिगाहा युवा क्लवका अध्यक्ष महेश अधिकारिले जानकारी दिए । सम्झौता पश्चात २८ बिगाहा युवा क्लवले फुटबल प्रतियोगीतामा सहभागीता जनाउदा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लवको नाममा सहभागी हुनु पर्ने भएको छ ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल र २८ बिगाहा युवा क्लवका अध्यक्ष महेश अधिकारी सम्झौता पत्रमा सयुक्त हस्ताक्षर गरी सम्पन्न भएको छ । सम्झौता कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले र २८ बिगाहा युवा क्लवका अध्यक्ष अधिकारीलाई सेन्ट्रल कलेजको लोगो अंकित टिसर्ट प्रदान गरेका थिए। सम्झौता अवघि १ बर्षको रहेको क्लवका अध्यक्ष अघिकारीले जानकारी दिए ।

सम्झौता कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् जिल्ला फुटबल संघका अध्यक्ष सेत बहादुर पुनले खेलाडीको प्रोत्सान र खेलको विकासका लागी दातृ संघ संस्थाको महत्वपुर्ण भुमिका रहने बताए ।

सम्झौता कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सचिब ध्रुव खनाल, नवलपुर फुटबल संघका बरष्ठि उपाध्यक्ष मेघ राज पाण्डे लगायत क्लवका पदाधिकारी एवम् खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला फुटबल संघको कार्यालयमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस