काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २२ र एन्टिजेन विधिबाट १ हजार ७७३ जनामा परिक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ७ हजार ५२ र एन्टिजेनबाट ९३ हजार ६९६ जना पुगेको छ ।
यस्तै, आज थप ७५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३१८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो