एमाले स्थायी कमिटी बैठक बिहीबार बस्ने, यस्ता छन् एजेण्डा

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १४ : ३८
एमाले स्थायी कमिटी बैठक बिहीबार बस्ने, यस्ता छन् एजेण्डा

file photo

काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  

बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस