काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ ।
अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात डिजिटल प्रविधिको पहुँच नहुनु) जस्ता बहुआयामिक चुनौतीहरु रहेको भन्दै उनले तिनको समाधानको लागि साझा पहलको आवश्यकता औंल्याए ।
नेपाल विकासशील मुलुकमा स्तरोन्न्ती हुने प्रयासलाई कोभिड १९ को अकल्पनीय महामारीले असर पु¥याएको र सन् २०३० भित्रमा दिगो विकास लक्ष पूरा गर्नको लागि चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले विश्व व्यापार संगठन, संयुक्त राष्ट्र संघ तथा अन्य बहुपक्षीय दातृ निकायले संक्रमणकालीन सहायता बढाएर दिगो विकासको लक्ष पूरा गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छः जनार्दन शर्मा