काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४२१ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दश जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा पाँच÷पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलाली र बाजुरा एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ६७ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ कार्तिक २०७८, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना