किसानलाई मलको अभाव हुन दिन्न : कृषिमन्त्री यादव

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १७ : १७
किसानलाई मलको अभाव हुन दिन्न : कृषिमन्त्री यादव

सर्लाही। कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा आफू प्रतिवद्ध रहेको उनले बताए । सोमबार सर्लाहीमा मन्त्री यादवले कृषि क्षेत्रमा बजेटको अभाव रहेको स्पष्ट पार्दै बजेट बढाउनु जरुरी रहेको बताए ।

उनले मलको अभाव हुन नदिन सरकारले जिटुजीमार्फत खरिद गरी किसानलाई उपलव्ध गराउने बताए।

प्रतिक्रिया दिनुहोस