काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ ।
अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा एक वडा १०० संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ ।
साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अपानीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असोज २०७८, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
नेकपा एसको स्थायि कमिटी बैठक जारी