साफ च्याम्पियनसिप फाइनल : भारतविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

सफल खबर संवाददाता

शनिबार, ३० असोज २०७८, २० : १९
साफ च्याम्पियनसिप फाइनल : भारतविरुद्ध खेल्ने  नेपाली टिमको घोषणा

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध खल्ने नेपालको टोलीको घोषणा भएको छ । खेल स्थानीय समयअनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) सुरु हुनेछ ।

नेपालको सुरुवाती–११ मा किरण चेम्जोङ, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द,  सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् । नेपालले पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो भने भारत ७ पटकको विजेता हो।

प्रतिक्रिया दिनुहोस