काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ ।अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।
नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए । माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो । उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
सो रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । तर प्रहरीले खानलाई उपस्थित गराएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असोज २०७८, १७ : ३६
लेखकबाट थप