३१ लाख कार्यकर्ता बनाउने प्रचण्डको लक्ष्य [परिपत्र]

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १६ : ०५
३१ लाख कार्यकर्ता बनाउने प्रचण्डको लक्ष्य [परिपत्र]

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले झन्डै ३१ लाखलाई पार्टीमा संगठित गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले संगठन सुदृढीकरण अभियानमार्फत् ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको हो । 

एक वडामा कम्तीमा तीनवटा टोल समिति गठन गर्ने, एक टोलमा तीन सेल गठन गर्ने, एक सेलमा तीनदेखि १५ संगठित सदस्य रहने परिपत्रमा उल्लेख छ । माओवादी केन्द्रले केन्द्रीय संगठन विभागको कामलाई अघि बढाउन प्रवास समितिबाहेक अन्य सबै प्रदेश समितिहरूका इन्चार्जलाई संगठन विभागको सदस्यमा राखेको छ ।  

माओवादीले आगामी पुस १३, १४ र १५ गतेका लागि तय भएको राष्ट्रिय सम्मेलनका लागि प्रदेश सम्मेलनहरूको निर्धारित मितिलाई यथावत् राख्दै पार्टी सदस्यता वितरण एवम् नवीकरण र वडा तथा पालिका सम्मेलनको मिति परिमार्जन गरेको छ । जसअनुसार पार्टी सदस्यता वितरण र नवीकरण असोज मसान्तसम्म गरिसक्नुपर्नेछ भने टोल सम्मेलन कात्तिक ६ र वडा सम्मेलन कात्तिक १३ गतेभित्र गरिसक्नुपर्नेछ । यसैगरी पालिका सम्मेलन मंसिर ४ गतेभित्र सकिसक्नुपर्नेछ ।

माओवादीले नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको पनि जिम्मेवारी दिएको छ भने सुरेन्द्र कार्की ९राम कार्की० उपप्रमुख चयन भएका छन् । उनी प्रवास समन्वय समितिमा समेत इञ्चार्जको भूमिकामा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस