काठमाडौं । यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
परिचय पत्र नभएका उनीहरुले आफूलाई टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएका सातै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
जेसीबीको ठक्करबाट १ जनाको मृत्यु, चालक पक्राउ
कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ
६१ वर्ष कैद र तीन लाख ५२ हजार जरिवाना भएका फरार प्रतिवादी पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ