काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक आगामी कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश गरेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थन फिता लिएका मुख्यमन्त्रीले संसदबाट ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै निर्वाचन आयोगको गत भदौ २५ गतेको निर्णय अनुसार नेकपा एमाले विभाजन पछि १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेको बताइन् ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी कात्तिक ४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असोज २०७८, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक १५ मिनेट बसेर स्थगित
बागमती प्रदेशसभा बैठक २९ गतेसम्मका लागि स्थगित