उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले गरे राजीनामाको घोषणा

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, ०९ : ३०
उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले गरे राजीनामाको घोषणा

काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले स्वविवेक प्रयोग गरेर राजीनामा बुझाउन लागेको बताएका छन् । 

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म। किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान पर्छन् । हमाललाई प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको आरोप लागेको थियो । सत्तारुढ गठबन्धनका नेताहरुले यसको खण्डन गर्दै कांग्रेसको कोटाबाट हमाल मन्त्री बनेको बताउँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस