बसमा डस्नाभित्र लुकाएको लागूऔषधसहित दुई पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १९ : २१
बसमा डस्नाभित्र लुकाएको लागूऔषधसहित दुई पक्राउ

बारा । बारा प्रहरीले लागुऔषधसहित दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट जीतपुरसिमरा उपमहानगरपालिका–७ मा ना ६ ख ६३७७ नम्बरको यात्रु बाहक बसमा चेकजाँच गर्दा १८००  पिस लागुऔषध बरामद भएको हो । 

बसमा डस्नाभित्र लुकाएर सो लागुऔषध तस्करी भएको पाइएको प्रहरीले जनाएको छ । बस वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो । पक्राउ पर्नेमा भारतीय नागरिक मुन्ना कुमार र मुनिलाल कुमार रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस