चितवन । बिजयदशमीको उपलक्ष्यमा राईनो क्लब नारायणगढ द्वारा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगी प्रथम भएका छन् । उनले १५ मिनेट २४ सेकेण्डमा पाँच किलोमिटरको दुरी पार गरी प्रथम भएका हुन् ।
प्रतियोगितामा नेपाल आर्मी कालि बहादुर गण भरतपुरका अमृत गुरुङ दोश्रो, कालिका नगरपालिका पदमपुरका अमृत बोटे तेस्रो, भरतपुरमहागर पालिका १ रामनगरका सुबिर थापा चौथो र भरतपुर महानगरपालिका बसेनीका कुशल गुरुङ पाँचौ भएका छन् ।
उनीहरुले क्रमश १६ मिनेट १० सेकेण्डमा, १६ मिनेट १३ सेकेण्डमा, १६ मिनेट २६ सेकेण्डमा र १६ मिनेट ३८ सेकेण्डमा मा पार गरेका थिए । बिजयी खेलाडीहरुले १० हजार ७ हजार ४ हजार २ हजार र १ हजार पुरस्कार प्राप्त गरेका छन् ।
स्वास्थ्यको लागि खेलकुद भन्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा नेपाल पुलिस नेपाल आर्मी लगायतका ३५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
देवघाट तर्फको जलमापन केन्द बाट शुरु भएको दौड नारायणगढको दियालो रोडको गेटमा सम्म भएको थियो ।
विजयी खेलाडीहरु लाई भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । उक्त अवसरमा श्रेष्ठले कोभिड पछी शुन्य रहेको खुल्ला क्षेत्रमा प्रतियोगिताले केही भए पनि खेल गतिविधिमा टेवा पुगेको बताए । राईनो क्लब नारायणगढका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वमा भएको प्रतियोगिताको संयोजकमा महेन्द्र वाग्ले रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असोज २०७८, १२ : ३३
लेखकबाट थप