नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : ०८
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । 

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ’, राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले  बताए । 

प्रतिक्रिया दिनुहोस