सुनको मुल्य बढ्यो, कति पुग्छ तोलामा ?

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १२ : ०३
सुनको मुल्य बढ्यो, कति पुग्छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ६ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य बिहिबारको भन्दा २ सय रुपैयाँले बढेको हो ।  त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार १५० कायम गरिएको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस