दाउन्नेमा भासिएको सडक मर्मत गरेर एकतर्फी खुलाइयो

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०९ : ५२
दाउन्नेमा भासिएको सडक मर्मत गरेर एकतर्फी खुलाइयो

File Photo

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ ।

सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि एकतर्फी यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निरन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ बजेदेखि नै सडक मर्मतको काम शुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत शुरू गरेको उनले बताए । 

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस