माटोको ढिस्कोले पुरेर हुम्लामा २ जनाको मृत्यु

रासस

बुधबार, १६ असोज २०८१, १६ : २०
माटोको ढिस्कोले पुरेर हुम्लामा २ जनाको मृत्यु

सुर्खेत। माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । दसैँ नजिकिए सँगै घर सजावटका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा मल्ल रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार दसैँमा घर सजावटका लागि घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको बुधवार बिहान ढिस्कोले पुरिएर ज्यान गएको हो । उनीहरूसँगै गएका अर्का एक स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने मृतकको शव जिल्ला अस्पताल हुम्लामा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस