काठमाडौं । नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रिपरिषद विस्तार हुने र मन्त्रीहरूको शपथ हुने बताएका छन् । आज बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन् ।
टीभी पञ्चली एट के को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला ।’ यस क्रममा प्रचण्डले आफू जहिले उत्पीडित वर्गलाई अगाडि ल्याउन प्रयासरत रहेको बताउँदै आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, जनजाित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए।
प्रचण्डले आजै मन्त्रिपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले मन्त्रिपरिषद विस्तार एव सपथ ग्रहण हुने भनेर भनिरहदा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीले हालसम्म आफ्ना पार्टीबाट मन्त्रीको नाम टुंगो लगाइसकेका छैन्। यस्तै जनता समाजवादी पार्टी पनि बिहानैदेखि मन्त्री छान्न छलफलमा जुटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एक अर्कालाई सहयोग गरौँ : प्रचण्ड
प्रचण्डसँग छलफल गर्न अखिल क्रान्तिकारीका पदाधिकारी खुमलटारमा
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन