काठमाडौं । राष्ट्रिय सभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए ।
यस्तै विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको छ ।
राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरिएको, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।
यसैगरी, महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेस गरिएको सोमबारको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल
राष्ट्रियसभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट
राष्ट्रिय सभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल