काठमाडौं । एमालेभित्रको अन्तरसंर्घषमा अन्तिम समयमा माधव नेपाल छोडेर एमालेमै रहेका घनश्याम भुसालले एमालेको विधान महाधिवेशनमा भिन्न मत राख्ने तयारी गरेका थिए । तर पार्टी स्थायी कमिटि बैठकमा उनले अध्यक्ष केपी ओलीले पेश गरेको राजनीतिक दस्तावेजमा प्रचण्डको हाउगुजी मात्रै रहेको र संसद विघटन, पार्टी विभाजन लगायतका विषयमा सतही विश्लेषण मात्र रहेको भन्दैं भुसालले भिन्न मत पेश गरेका थिए ।
हुन त भुसालले त्यसलाई ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा टिप्पणी मात्र भनेका थिए । ३ असोजमा बसेको एमाले स्थायी कमिटि बैठकमा ओलीको प्रतिवेदनमा भुसालले त्यस्तो टिप्पणी राखेका थिए । ओलीले ल्याएको राजनीतिक प्रतिवेदन सही विश्लेषणका साथ आउन नसकेको भुसालको तर्क थियो । ८ पेज लामो टिप्पणीमा भुसालले संसद विघटन गलत थियो, विघटन गरेपछि नै कम्युनिष्ट पार्टी विभाजन भएको र सरकारबाट खसाल्ने काम भएको विषयमा प्रष्ट धारणा पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख हुनुपर्ने बताएका थिए ।
ओलीले सरकारमा पुग्ने भर्याङका रुपमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाएको, पार्टी एकता लाई पनि आफु सत्तामा बस्ने भर्याङमात्र बनाएको र सरकारमा बसेर एक्लौटी र स्वेच्छाचारी ढंगबाट काम गरेपछि पार्टीमा उत्पन्न समस्याको हल गर्नु साटो ओलीले संसद विघटन गर्ने काम गरेका थिए । गत पुस ५ मा उनले संसद विघटन गरेका थिए । त्यसलाई सर्वोच्चले उल्टाएपछि फेरि ओलीले दोस्रो पटक पनि संसद विघटन गरेका थिए । त्यसपछि भने उनी नेतृत्वको सरकार ढलेको थियो । तर यसलाई ओलीले आफनो दस्तावेजमा सकारात्मक ढंगबाट मात्र उल्लेख गरेको र आफनो सरकार ढलाउन अनेक षडयन्त्र मात्र भएको उल्लेख गरेका थिए ।
आफुले गरेका कमजोरीलाई लुकाउँदै अरुतिर दोष थोपर्ने काम गरेपछि भुसालले संसद विघटन गलत थियो, विघटन गरेपछि कम्युनिष्ट पार्टी विभाजन भएको र ओली सरकारबाट बाहिरिनु परेको विषय सपाट रुपमा उल्लेख गर्नुपर्ने भन्दै मत राखेका थिए । यसरी भिन्न मत राखेका भुसालले पार्टीको विधान महाधिवेशनमा भने कुनै डकुमेन्ट पेश गरेनन् । उनले भिन्न मत राख्ने भनेपनि भिन्न मत नराखेपछि उनी किन हराए ? भन्ने प्रश्न पनि उठ्यो ।
आफुले गरेका कमजोरीलाई लुकाउँदै अरुतिर दोष थोपर्ने काम गरेपछि भुसालले संसद विघटन गलत थियो, विघटन गरेपछि कम्युनिष्ट पार्टी विभाजन भएको र ओली सरकारबाट बाहिरिनु परेको विषय सपाट रुपमा उल्लेख गर्नुपर्ने भन्दै मत राखेका थिए । यसरी भिन्न मत राखेका भुसालले पार्टीको विधान महाधिवेशनमा भने कुनै डकुमेन्ट पेश गरेनन् । उनले भिन्न मत राख्ने भनेपनि भिन्न मत नराखेपछि उनी किन हराए ? भन्ने प्रश्न पनि उठ्यो । ओलीले भुसाललाई नै लक्षित गरेर समय कँहा पुगिसकेको हुन्छ तर केही साथीहरु शास्त्र पढेर मात्र बस्न खोज्नुहुन्छ ? त्यसरी हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।
भुसालले किन राखेनन भिन्न मत ?
भुसाल एमालेभित्रका वैचारिक नेता मानिन्छन् । तर पार्टीभित्रको अन्तरसंर्घषमा भने सत्यको पक्षमा भन्दा अवसरका रुपमा उनले पार्टी र संगठन रोज्ने काम गरेको भन्दै उनलाई अवसरवादी नेताका रुपमा लिइएको छ । एमालेभित्रको अन्तरसंर्घषमा कठिन बाटो हिड्न छोडेर उनले बनिबनाउ बाटो समातेका कारण पनि अन्तरसंर्घषमा टिक्न नसक्ने र अवसरवादी नेताका रुपमा उनको भूमिका स्थापित भयो । तर एमाले छोडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाल समुहले उनी लगायत नेतालाई केही भनेका छैनन् ।
तर एमालेभित्रै रहेर पनि भुसाल लगायत नेताहरु अहिले ओलीसँग संर्घष गर्ने स्थितीमा छैनन् । त्यसैको प्रमाण हो – भुसालले तयार पारिसकेको भिन्न मत समेत विधान महाधिवेशनमा प्रस्तुत गर्न नसक्नु । तर उनले यसलाई अझ समृद्ध पारेर महाधिवेशनसम्म लगेर आफनो मत दर्ज गराउने बताउँदै आएका छन् ।
‘स्थायी कमिटीमा मैले पार्टीको कार्यक्रमको ढाँचा र पार्टीमा भएका मामिलाहरुमा समेत विस्तृतमा छलफल गर्नुपर्छ भनेर भिन्न मत पेश गरेको थिएँ, स्थायी कमिटीको बैठकमा यो विषयमा फेरि छलफल चलाउँदै जाने भन्ने सहमति भयो, विधान महाधिवेशनमा छलफलमा लाने कुरालाई अहिले ध्यान दिइएन, तर अध्ययनको कुरालाई खुला राखिएको छ। विभाजनमा हामी धेरै जिम्मेवार छौँ, सबैभन्दा बढी ओलीजी हुनुहुन्छ भनेर मैले प्रष्ट राखेको थिएँ।’ भुसालले भने, –’यस विषयमा हाम्रो मत यथावत नै छ ।
यो विषयलाई अहिले सकेसम्म भिन्न मतका रुपमा बहसमा नलैजाउँ भन्ने कुरा गरियो। अध्ययन गर्दै जाने भन्ने भयो। अहिले नै अरु सहमत नभइकन पारित हुँदैन । त्यसैले भिन्न मतका रुपमा लगिएन ।’ ओलीको जयजयकार गर्ने, महिमामण्डन गर्नेहरु मात्र अहिले एमालेमा शक्तिशाली छन् । एमालेभित्र बसेर ओलीको आलोचना गर्नु भनेको पार्टी विरोधी, अराष्टि«य तत्व नै हुनुपर्ने अवस्था अहिले एमालेभित्र छ । ओली बा आइ लभ यु भन्ने जमात मात्र बलियो रहेका बेला भुसाल लगायत माधव नेपाल समुह छोडेका नेताहरु त्यहाँ शक्ति संर्घष गर्न सक्ने अवस्थामा छैनन । उनीहरुको मत सुनुवाई हुने, पारित हुने अवस्था एमालेमा छैनन् । कि उनीहरुले आफ्नो मत सुरक्षित राख्न एमालेमा विद्रोह गर्नुपर्ने या ओलीसँग आत्मसमर्पण गरेर टिक्नुपर्ने अवस्था छ ।
त्यही कारण पनि स्थायी कमिटिमा भिन्न मत राख्ने हिम्मत गरेका भुसालले विधान महाधिवेशनमा भने आफनो मत राख्न सकेनन । उनलाई उनकै धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली लगायतले साथ दिन खोजेपनि तत्काल ओलीसँग जुधेर जान नसक्ने निश्कर्षपछि यो टिम पुरै पछि हटेको छ । ‘यो विषयलाई अहिले सकेसम्म भिन्न मतका रुपमा बहसमा नलैजाउँ भन्ने कुरा गरियो। अध्ययन गर्दै जाने भन्ने भयो। अहिले नै अरु सहमत नभइकन पारित हुँदैन् । अहिले पार्टीमा बहुमतले हाम्रो कुरालाई नबुझेको र समर्थन नगरेको हुनाले आउने महाधिवेशनमा छलफल गर्ने भनेर भिन्न मत पेश गरिएन।’ भुसालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले र कांग्रेस मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल
ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिर्गादिनुभयोः घनश्याम भुसाल
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल
हिजो भत्केको वाम विकल्प जोड्नसक्ने नेतृत्व एकताबद्ध भएर दिन्छौं: घनश्याम भुसाल
नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार
कांग्रेसले सिद्धान्त, परिवर्तन, मूल्यमान्यता केहि होइन भन्ने बनाइदिन्छ : घनश्याम भुसाल