काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताएका छन् ।
पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जनाए । उहाँले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिए ।
उहाँले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्यि पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताए । उहाँले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गरे । अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ असोज २०७८, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश कांग्रेससँगको सहमतिमै ल्याइएको हो : प्रधानमन्त्री ओली
आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली
देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरू आतंकित भएका छन् : प्रधानमन्त्री ओली