गोदावरी सम्मेलनस्थलमै एमाले स्थायी कमिटी बैठक सुरू

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, १४ : ११
गोदावरी सम्मेलनस्थलमै एमाले स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशन चलिरहेका बेला समसामयिक विषयमा छलफलका लागि बैठक बसेको हो ।

पार्टी अध्यक्ष केपी शर्माओली सम्मेलन हलमा आइपुगेपछि पार्टी प्रवेश कार्यक्रम सकेर बैठक सुरू भएको हो ।

उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरूको जवाफ दिँदै गरेको समयमा सो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस