बालुवाटारमा कार्यदलको बैठक जारी

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, ११ : ०९
बालुवाटारमा कार्यदलको बैठक जारी

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन विहान ९ बजेदेखि सुरु भएको अहिले पनि जारी छ ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले ८० दिन वितिसक्दासम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको जिम्मेवारी आफैसँग राखेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि अझै मन्त्रालयको भागबण्डामा सहमति हुन सकेको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यदलले एउटा सहमति जुटाएपछि शीर्ष नेताहरुको बैठक बसेर मन्त्रिपरिषद विस्तार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस