काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत शुक्रबारदेखि बन्दसत्र सुरु हुने भएको छ ।
अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहले दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको जानकारी दिइन् । बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ ।
यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिमै नेतृत्व चयनमा जोड दिएका थिए । नेतृत्वको चाहना नै सहमतिबाट नेतृत्व चयन गर्ने भएकाले करिब आधा दर्जन दावेदारबाट एक जना नेतृत्वमा सहमतिमा चयन गर्न प्रयास हुनेछ ।
अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी