काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएपनि अन्तिममा जसपाले श्रेष्ठको नेतृत्वमा सरकारमा जानेभएको हो ।
यादवले उपप्रधानमन्त्री पाए मात्रै सरकारमा जाने अडान लिएका थिए । तर, प्रधानमन्त्री देउवाले आफ्नो क्याबिनेटमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने जवाफ दिएपछि यादव पछि हटेका हुन् ।
जसपामा मन्त्री बन्न धेरैले आकांक्षा देखाएका छन् । २० सांसद रहेको जसपामा सबैले मन्त्री दाबी गरेपछि यादव र भट्टराई संकटमा परेका थिए । तर, आन्तरिक छलफलबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रदीप यादव, रेणु यादव, प्रमोद साह, मृगेन्द्र सिंह मन्त्री बन्ने टुंगो लागेको एक नेताले जानकारी दिए । जसपाले पाँच मन्त्री र राज्यमन्त्री थप भए एकजना पाउने सहमति जुटेको छ ।
एकीकृत समाजवादीले पनि पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी, किसान श्रेष्ठलगायत मन्त्री बन्ने टुंगो लागे पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगिन सकेको छैन ।
माओवादी केन्द्रबाट भने देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराँती, अञ्जना विशंखे, जयपुरी घर्ती मन्त्री बन्ने चर्चा छ । यसअघि नै माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।
कांग्रेसबाट भने दिलेन्द्रप्रसाद बडू, डा. मिनेन्द्र रिजाल, उमाकान्त चौधरी र पुष्पा भुसाल सरकारमा सहभागी हुने आन्तरिक सहमति भएको छ । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लागे पनि अझै मन्त्रालयको भागबन्डा टुंगिन सकेको छैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागबन्डा भएपछि मन्त्रिमण्डल विस्तार हुने बताइसकेका छन् । बिहीबार सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् ।
‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ,’ उनले भने । सम्भवतः आज÷भोलि नै मन्त्रिपरिषद बिस्तार टुंगिन्छ होला ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो