कोरोना अपडेट :  थप १ हजार १५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १६ : ५२
कोरोना अपडेट :  थप १ हजार १५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३ हजार ८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको छ । हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् ।त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस