नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको हो । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ”, बराललले भने, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।
“हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला प¥यो”, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ असोज २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ महिनामा १२ वटा गैँडा मृत भेटिए
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
गैँडाले आक्रमण गर्दा पथप्रदर्शक घाइते
गैँडाको आक्रमणबाट १ जनाको मृत्यु
बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु, २ जना पर्यटक घाइते
चितवन राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैंडा मृत फेला