काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९६६ जनाको नमूना परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १३, महाकाली अस्पतालमा आठ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा आठ, कैलालीमा दुई र बैतडीका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर १३ जना सङ्क्रमणमुक्त भएका छन् । यसअघि सोमबार यो प्रदेशमा ५३ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ असोज २०७८, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना