बाबुरामको देउवालाई सुझाव : राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गरौं

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, २० : ५२
बाबुरामको देउवालाई सुझाव : राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गरौं

काठमाडौं । जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरी उनले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव दिएका छन् ।

यस्ता छन् भट्टराईका सुझावहरू :
१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।
२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने ।
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस