प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १३ : १३
प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।

आज बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् । सदन नियमित गर्न हिजो सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमाले अध्यक्ष केपी ओली बैठकमा गएनन् ।

एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न या राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सभामुखसमक्ष दुई सर्त अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस