धनगढीका मेयर हमाललाई भेट्न पुगिन् परराष्ट्रमन्त्री राणा

सफल खबर संवाददाता

शनिबार, १३ पुस २०८१, १६ : ३१
धनगढीका मेयर हमाललाई भेट्न पुगिन् परराष्ट्रमन्त्री राणा

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वास्थ्य लाभ गरिरहेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेकी छिन् । राणासँगै वन तथा वातावरणमन्त्री ऎनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले प्रमुख हमाललाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनीहरूले आज बिहान आफूलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । श्वास प्रश्वास र मष्तिष्कमा समस्या देखिएपछि प्रमुख हमाललाई उपचारका लागि नयाँ दिल्ली लगिएको थियो । उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।​

विक्रम संवत् २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस