काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले हाललाई पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताएका छन्।
सर्वोच्चको फैसला अनुसार एमाले जेठ २ मा फर्किएको अवस्थामा प्रचार विभाग प्रमुख रहेका भट्टराईले शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकपछि यसो भनेका हुन्। भट्टराईले अहिलेको अवस्थामा आफू एमाले प्रचार विभाग प्रमुख र ज्ञवाली प्रवक्तामा यथावत रहेको पनि जानकारी दिए।
भट्टराईले अबको बैठकबाट प्रवक्तामा ज्ञवालीलाई निरन्तरता दिने वा आफ्नोबारे निर्णय गर्न सक्ने उनले जानकारी दिए।
भट्टराईले २०७५ जेठ २ अघि एमालेमा प्रवक्ता पद नरहेको पनि बताए। तर नेकपा खारेज भएर एमालेको बैठकमा आफूहरु सहभागी नभएको अवस्थामा प्रवक्ता पद सिर्जना गरेर ज्ञवालीलाई जिम्मेवारी तोकिएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो
यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली
सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली