एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, ११ : ०२
एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस