एमाले स्थायी कमिटी बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १६ : ३८
एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सांसद रहेका नेताहरु प्रतिनिधिसभामा विरोध र नाराबाजीमा रहेकाले आज ४ बजेलाई निर्धारित बैठक शनिबार बिहान ९ बजे बस्नेगरि स्थगित भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो । स्थगनको सूचना आएपछि बैठकस्थलमा पुगेका नेताहरु फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस