मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केशव स्थापितलाई मन्त्री बनाउन खोज्दा उल्टो जवाफ खानुपरेको छ ।
मुख्यमन्त्री शाक्यले मन्त्री बनेर सहयोग गरिदिन आग्रह गर्दा उनले ‘मलाई भूतले खाजा खाने बेलामा मन्त्री बन्नु छैन’ भन्ने जवाफ दिएका थिए ।
स्थापितले अहिलेको अवस्थामा सरकार विस्तार गर्न खोजेको अवस्थालाई यसरी भने, ‘मरेपछि मलामी खोज्नुको के अर्थ ?’ यस्तो बेलामा मन्त्रीको अफर मर्ने बेलामा हरियो काँक्रो भएको पनि स्थापित निकटस्थ स्रोतले बताएको छ । स्थापितले श्राद्ध गर्ने बेला भएपछि पुरेत खोज्ने चलन काम छैन भनेर जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १६ : ५६
लेखकबाट थप