माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, २० : ०८
माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैंकले गोरखाको पालुङ्गटार नगरपालीका ६, काठमाडौको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थान सिंह, चितवनको रत्ननगर नगरपालिका ५, चितवनकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तुको शिवराज नगरपालिका ३, सिराहाको सुखिपुर नगरपालिका २ छजना चोकमा गरि जम्मा ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस